देश/प्रदेश
सुनसरीमा ठुलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

अजितकुमार झा,
इनरुवा , मंसिर ५ –
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिभिन्न स्थानबाट ठुलो परिमाणमा लागुऔषध सहित १३ जनालाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार अररिया जिल्ला बसमतीया बेलहा–०८ का २० बर्षीय पंकजकुमार खत्वे, २० बर्षीय महेशकुमार शर्मा, २५ बर्षीय मन्तोष शर्मा, इटहरी–०४ का २२ बर्षीया राजेश रिसिदेव, ७ का २० बर्षीय सञ्जय अधिकारी, ४ का ३९ बर्षीय सन्तकुमार खड्का, उदयपुर चौदण्डीगढी–५ का ३४ बर्षीय उदितनारायण चौधरी, राज कुमार डङगोल, धरान–१५ का २५ बर्षीय सौरभ जिमि, २० का २२ बर्षीय सुगम राई, १४ का २१ बर्षीय अविजित निरौला, १३ का २५ बर्षीय आशिष राई र मोरङ लेटाङ–१ का २६ बर्षीय हरि लिम्बु रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
लागु औषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र बिभिन्न युनिटबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा चेकजाच गर्ने क्रममा १३ जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले बताए ।
सुनसरी कोसी गाउँपालिका–१ लौकही केराघारीमा बिआर ५० त २४९४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा भारत बिहार अररिया जिल्ला थाना बसमतिया बेलहा–८ का पंकज, महेश र मन्तोषलाई ब्राउन सुगर जस्तो देखिने पदार्थ ४२.२७ ग्राम सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए । नियन्त्रणमा लिएकाको बिषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित हुलाकी राजमार्गमा भारतबाट नेपाल तर्फ आउदै गरेका इटहरी–४ का बस्ने राजेश, सञ्जय र सन्तलाई शंका लागि खानतलासी गर्दा उनीहरुको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.४३ बरामद भएको प्रहरी उपरीक्षक मल्लले बताए ।
त्यसैगरी इटहरी–५ आइतबारेमा उदयपुर चौदण्डीगढी नगरपालिका–५ का उदितलाई शंका लागि खानतलासी गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८.६५ ग्राम बरामद भएको उहाँले जानकारी दिए ।
त्यसैगरी धरान–१४ हात्तिसार पथमा लागू औषध विक्री वितरण भईरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले राजकुमारको घरमा चेकजाच गर्दा धरान–१५ का सौरभ, २० का सुगम, १४ का अविजित, १३ का आशिष र मोरङ लेटाङ–१ का हरि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेकाकोबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १२४.४७ ग्राम, डाइक्लोमेन ५९३० ट्याब्लेट, नाइट्रोजन ४४५ ट्याब्लेट, स्पासप्रोक्सीभोन ६५ ट्याब्लेट र ट्रामाडोल १५ क्याप्सुल बरामद भएको उनले बताए ।
पक्राउ परेकाहरु ठुलो कारोवारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाको बिषयमा थप अनुशन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक मल्लले बताए ।

























