Breaking News

तिहारपछि लगातार घट्दै सुनको मूल्य, तोलामा २ लाख ६० हजार ९०० रुपैयाँमा कायम

०
Banner

काठमाडौं, मंसिर २ –

तिहारपछि लगातार ओरालो लागेको सुनको मूल्य घट्ने क्रम रोकिएको छैन। तिहार बिदापछि कारोबार सुरु भएयता लगातार चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ थियो। तिहारअघि कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

तिहार बिदापछि कात्तिक २७ गते बजार खुल्दा नै सुनको मूल्य एकैपटक १२ हजार ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो। त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ।

तिहारअघिको मूल्यसँग तुलना गर्दा बुधबारसम्म सुन प्रतितोला २३ हजार ४०० रुपैयाँले सस्तिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>