प्रवास

एक साताभित्र भारतको तटीय क्षेत्रमा दोस्रो चक्रवात, हालसम्म मानवीय क्षति छैन

०
Banner

काठमाडौं,कात्तिक १८ –

भारतको दक्षिणी तटीय क्षेत्रमा एक साताभित्र दोस्रो चक्रवातले प्रभाव पारेको छ । ‘मुरासु’ नामक चक्रवात मंगलबार बिहान भारतको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।

स्थानीय विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार चक्रवातका कारण प्रतिघण्टा १२० किलोमिटरसम्मको गतिमा हावा चलेको थियो । यसको सबैभन्दा बढी प्रभाव आन्ध्र प्रदेश राज्यमा परेको छ । यसअघि आएको ‘अर्नब’ नामक चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिशामा १० जनाभन्दा बढीको मृत्यु भएको थियो । एक साताभित्रै अर्को चक्रवात आएपछि भारतको तटीय क्षेत्रमा विपद्को जोखिम बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>