मकवानपुर

हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

०
Banner

हेटौँडा,कात्तिक १० –

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १ः३५ बजे हेटौँडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बि.आर.१ ए.पी ६०७३ नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो।

प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीसहित खटिएको चेकजाँच टोलीले शङ्का लागेर उक्त गाडी जाँच गर्दा गाडीको बोनट, चालकको सिटमुनि खुट्टा राख्ने स्थान तथा चालकपट्टिको छेउमा रहेको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १९ वटा पोकामा प्याक गरिएको गाँजा फेला पारेको थियो।

प्लास्टिकसहितको तौल उल्लेख गरिएको विवरणअनुसार बरामद गाँजाको शुद्ध तौल ४२ किलो ४१० ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, महुवा टोल निवासी करिब २५ वर्षीय बिर्जु कुमार राय र सोही स्थानका करिब २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। बिर्जु गाडीचालक हुन् भने मन्जय सोही गाडीमा सवार थिए।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>