चितवन विशेष

भरतपुर-२३ मा कृत्रिम र आयात गरेका फूलमाला बिक्री वितरणमा पूर्ण प्रतिबन्ध,स्वदेशी उत्पादन प्रयोग गर्न अनुरोध

०
Banner

भरतपुर,कात्तिक १०-

भरतपुर महानगरपालिका वडा नम्बर २३ ले प्लास्टिकजन्य कृत्रिम फूलमाला तथा सजावटका सामग्रीको बिक्री वितरण, आयात, भण्डारण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ। वातावरण संरक्षण तथा स्थानीय पुष्प कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाले यस्तो निर्णय गरेको हो। वडाध्यक्ष दीपक दवाडीले जारी गरेको सूचनामा प्राकृतिक फूल खेतीको प्रवर्द्धन, जैविक विविधताको संरक्षण र वातावरणीय प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिइएको उल्लेख छ।

वडाले आफ्नो क्षेत्रभित्र व्यावसायिक रूपमा फूल खेती गरिरहेका स्थानीय कृषकले उत्पादन गरेका सयपत्री, मखमलीलगायत फूलको बजारीकरण सहज बनाउन आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। सूचनामा प्लास्टिकजन्य कृत्रिम फूल, माला तथा सजावटका सामग्रीको ओसारपसार, भण्डारण, बिक्री वितरण र प्रयोग नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरिएको छ। यस्ता सामग्रीको आयात तथा भण्डारण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने वडाले जनाएको छ।

प्राकृतिक फूलको प्रयोग बढाउँदा वातावरण स्वच्छ राख्न, प्लास्टिकजन्य फोहोर कम गर्न तथा स्थानीय कृषकको उत्पादनले बजार पाउन सहयोग पुग्ने वडाको अपेक्षा छ। वडाले वातावरण संरक्षण ऐन, २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित सरकारी नीतिलाई आधार मानेर सूचना जारी गरेको जनाएको छ। वडाध्यक्ष दवाडीले स्थानीय उत्पादनलाई प्राथमिकता दिन तथा वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्न वडावासी र व्यवसायीलाई आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>