देश/प्रदेश
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण
०

ताप्लेजुङ ,कात्तिक १०-
नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।
तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला कार्यसमितिका कार्यवाहक सभापति पृथ्वीमान पालुङवाको नेतृत्वमा अस्पतालका बिरामीहरूको बेडमै पुगी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै फलफूल वितरण गरेको थियो ।
सभापति पालुङवाका अनुसार नेपाल तरुण दल ताप्लेजुङले विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरू गर्दै स्थापना दिवस मनाउने क्रममा यस पटक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको आयोजकले जनाएको छ । बिरामीहरूलाई तरुण दलका नेताहरूले स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























