देश/प्रदेश
गैंडाकोटका कलाकार मुक्ति अधिकारीको १२औँ म्युजिक भिडियो ‘जिन्दगानी’ सार्वजनिक

गैंडाकोट, असोज ३१-
गैंडाकोटका कलाकार मुक्ति अधिकारीको अभिनय रहेको १२औँ म्युजिक भिडियो ‘जिन्दगानी’ सार्वजनिक गरिएको छ। नेपाली संगीत तथा अभिनय क्षेत्रमा सक्रिय अधिकारीले यस म्युजिक भिडियोमा अनुजा सिंहसँग मुख्य कलाकारका रूपमा अभिनय गरेका छन्।
गायक गणेश प्रधान र गायिका अनु चौधरीको स्वर रहेको गीतमा उत्तम बार्तौलाको शब्द, सौगात जंग थापाको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका हुन्।

रोशन श्रेष्ठको प्रोडक्सनमा निर्माण भएको म्युजिक भिडियोमा दिनेश भुजेलको छायाँकन रहेको छ। त्यस्तै, शिबु जीको कोरियोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन युवराज खत्रीले गरेका छन्।
‘जिन्दगानी’ म्युजिक भिडियोमा जीवनका विभिन्न पक्षलाई संगीत र अभिनयमार्फत प्रस्तुत गरिएको छ। कलाकार मुक्ति अधिकारीको १२औँ म्युजिक भिडियोका रूपमा सार्वजनिक भएको यस प्रस्तुतिले दर्शक तथा संगीतप्रेमीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

म्युजिक भिडियो गणेस प्रधान युटुव च्यानलबाट रिलिज गरिएको छ भने नेपाली म्युजिक भिडियो क्षेत्रमा निरन्तर सक्रिय मुक्ति अधिकारीको अभिनय रहेको ‘जिन्दगानी’ गीतले दर्शकको साथ र माया पाउने निर्माण पक्षको अपेक्षा छ।























