देश/प्रदेश

मिथिलाञ्चल क्षेत्रमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा

०
Banner

जनकपुर , असोज ३१ –

जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज ‘बेलतोडी’ विधि सम्पन्न भएको छ ।

दशैंमा माता दुर्गाको माटोले बनाइएको मुर्तिको आँखा उघार्न (खोल्न) का निम्ति बेल तोडर ल्याइन्छ ।

सोही बेलको डाँटले माताको आँखा खोल्ने विधि सम्पन्न गरिन्छ । जुन स्थानमा धातु वा ढुंगाको मूर्ति हुन्छ सो स्थानको छेउमा तोडिएको बेललाई राखिन्छ ।

बेलतोडी भन्दा एक दिन अघि ९हिजो० बेललाई निम्तो दिने विधि ‘बोलनौती’ गरिएको थियो ।

जनकपुरधामको राजदेवी मन्दिरबाट निस्किएको नेपाली सेनाको बाजागाजासहितको टोलीले माता राजदेवीलाई सलामी दिँदै बेलतोडी विधि सम्पन्न गरेको छ ।

बेलतोडी विधि सम्पन्न भएसँगै भोली दिउँसोसम्मका लागि खोईँच भराई कायक्रम सुरु भएको छ । भक्तजनहरुले माता राजदेवीलाई आज राती १२ बजेपछि लड्डु चढाउन लाइन लाग्छन् ।

त्यस्तै भोली खोँइच भराई कार्यक्रम पश्चात राती महापूजा हुनेछ । त्यसपछि बोकाबली कार्यक्रम सुरु हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>