देश/प्रदेश

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

०
Banner

लमजुङ, असोज ३१ –

जिल्लाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँमा राष्ट्रिय प्रसारण लाइनको व्यवस्था नहुँदा ती स्थानका सर्वसाधारण लघुजलविद्युत्मा निर्भर भएका छन् ।

लघुजलविद्युत् आयोजनाको उत्पादन घटेका बेला बिजुली आपूर्ति पनि कम हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिकाको एउटा गाउँका करिब २० घर तथा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुन बाँकी छ । हालसम्म जिल्लामा ४४ हजार घरमा विद्युत् सेवा पुगेको छ ।

सिङ्दी गाउँमा करिब २२० देखि २२५ घर रहे पनि लघु जलविद्युत् आयोजनाको उत्पादन घट्दा आपूर्तिमा समस्या हुने गरेको छ । विगतमा ४० किलोवाट विद्युत् उत्पादन हुने गरेकामा हाल अधिकतम २५ किलोवाट मात्र उत्पादन भइरहेको छ । उत्पादन घटेपछि दैनिक चार घण्टा विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।

क्व्होलासोथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले गाउँपालिकाभित्रका विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि पटकपटक पहल गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>