देश/प्रदेश

कोप–३१ मा हिमाल र समुद्रको सङ्कटलाई जोडेर एजेण्डा उठाउने नेपालको तयारी

०
Banner

काठमाडौं, असोज ३१ –

नेपालले आगामी ३१औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा पग्लिँदै गएका हिमाल र बढ्दै गएको समुद्री सतहलाई एउटै पर्यावरणीय चक्रमा जोडेर अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने भएको छ।

आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्या सहरमा आयोजना हुने सम्मेलनमा नेपालले जलवायु सङ्कटलाई छुट्टाछुट्टै नभई हिमालदेखि समुद्रसम्मको बृहत् पारिस्थितिकीय प्रणाली(इकोलोजिकल सिस्टम) सँग जोडेर कूटनीतिक पैरवी गर्ने तयारी थालेको हो। हालै प्रशान्त क्षेत्रमा अस्ट्रेलिया, टुभालु र फिजीद्वारा आयोजित ‘प्रशान्त प्रि–कोप’ बैठकमा सहभागी भएर फर्किनुभएका परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार अन्तर्राष्ट्रिय जलवायु वार्ताहरूमा समुद्री सतह वृद्धिका कारण टापु राष्ट्रहरूले मात्र सहानुभूति र प्राथमिकता पाउने गरेको भाष्यलाई नेपालले यसपटक तोडेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>