खेलकुद

एनपीएल सिजन–३ लाई आईसीसीको मान्यता

०
Banner

काठमाडौं, असोज ३०-

लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई औपचारिक मान्यता प्रदान गरेको छ ।

क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै आईसीसीले प्रतियोगितालाई मान्यता दिएको जनाएको छ । योसँगै अब एनपीएलका आठ टोलीले टेस्ट मान्यता प्राप्त राष्ट्रका जुनसुकै खेलाडीलाई पनि अनुबन्ध गर्ने बाटो खुलेको छ । अब एनपीएल सिजन ३ मा ठूला ठूला खेलाडी अनुबन्धित गर्नेछन् ।

आईसीसीले मान्यता नदिँदा विगत २ सिजनमा फ्रेञ्चाइज टोलीहरूले टेस्ट राष्ट्रका चारजनाबाहेक थप खेलाडीलाई अनुवन्धित गर्न पाएका थिएनन् । यसपालि केही टोलीले टेस्ट राष्ट्रका खेलाडीहरू किनिसकेको घोषणा गर्दा थुप्रै क्लबहरूले भने आइसीसीको मान्यता पर्खेर बसिरहेका थिए ।

क्यान सचिव पारस खड्काले शुक्रबारको एक कार्यक्रममा आईसीसीले कुनै पनि बेला मान्यता दिन सक्ने र आफूले त्यसका लागि बारम्बार इमेल हेरिरहेको बताएका थिए । क्यानले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय रुपमा एनपीएलको पहिचान थप मजबुत बनाउन योगदान दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>