देश/प्रदेश

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

०
Banner

काठमाडौँ,असोज ३०-

जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ ।

कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौँ महानगरपालिका-१२ स्थित पचली पीठबाट भैरवको आप जात्रा गरी हनुमान ढोका पुर्‍याइएको थियो । कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासका साथ भैरवको दर्शन गराइएको हो ।

विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो ।

विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौँ उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ । कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा भैरव जात्रालाई लिइन्छ । भैरवलाई पुनःटेकुमा लगिएपछि जात्रा सम्पन्न भएको मानिन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>