देश/प्रदेश
विश्व खाद्य दिवस मनाइँदै
०

काठमाडौं ,असोज ३०-
आज विश्व खाद्य दिवस मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर १६ का दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो । सन् १९४५ मा खाद्य तथा कृषि सङ्गठन स्थापना भएको थियो । त्यसको सम्झनामा सन् १९७९ को नोभेम्बरमा सम्पन्न खाद्य तथा कृषि सङ्गठनको २०औँ सम्मेलनले अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
विश्व खाद्य दिवसको मुख्य उद्देश्य विश्वभरबाट भोकमरी, गरिबी र कुपोषण अन्त्य गर्दै सबैका लागि सुरक्षित, पर्याप्त र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नु हो । खाद्य सुरक्षा, पोषण र दिगो कृषि प्रणालीका विषयमा जनचेतना अभिवृद्धि गर्न पनि यो दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























