देश/प्रदेश

प्राकृतिक विपदले म्याग्दी र गोरखाका सडक प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा र आरुघाटको सडक पूर्ण अवरुद्ध

०
Banner

काठमाडौं,असोज ३०-

प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन्

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–०२, बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । गत असोज १० गते बिहान ५ः५० बजेदेखि अवरुद्ध हुन पुगेको उक्त सडक खण्ड हाल एकतर्फीमा मात्र सुचारु रहेको छ ।

गोरखा जिल्लामा बाढीका कारण सडक आवागमन पूर्ण रूपमा ठप्प भएको छ । गत असोज २५ गते बिहान ५ः३० बजेदेखि आरुघाट गाउँपालिका–२, ३ र सोही गाउँपालिकाको वडा नम्बर ९ नयाँपुलस्थित सोतिमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>