धादिङ
गोरखा जोड्ने आरुघाटमा बेलिब्रिजका सामान आइपुगे, जडान सुरु हुन बाँकी
०

धादिङ, असोज २९ –
बाढीका कारण धादिङ र गोरखाबीचको मुख्य सडक सम्पर्क अवरुद्ध भएको चार दिन बितिसकेको छ । चार दिनभित्रै बेलिब्रिज जडान गरी गाडी सञ्चालन गर्ने भनिए पनि काम सुरु हुन सकेको छैन ।
हाल सडकको ‘बेस सर्फेस’ मिलाउने र बेलिब्रिजका लागि पेटी बनाउने काम भइरहेको छ । प्राविधिकहरूका अनुसार पेटी तयार भएपछि मात्रै बेलिब्रिज जडान सुरु हुनेछ । बेलिब्रिजका आवश्यक सामग्री कार्यस्थलमा आइपुगिसकेका छन् । तर, अहिलेकै गतिमा काम भए दशैँको टीकाअघि गाडी चल्ने सम्भावना न्यून छ ।
आरुघाट र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पक्की पुलको गोरखातर्फको भाग तथा आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बाढीले बगाएपछि यो मार्ग अवरुद्ध भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























