देश/प्रदेश
भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ
०

काठमाडौं, असोज २७ –
थाइल्यान्डका चर्चित भिक्षु पञ्ञाकरले आफुहरु भोटेकोशी बाढी पीडितसँगै रहेको बताएका छन् । बौद्धस्थित सेतो गुम्बामा आज आयोजित एक कार्यक्रममा उनले भोटेकोशी बाढीपीडितका लागि विश्वका विभिन्न स्थानबाट सहयोग संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिएको जानकारी दिए ।
भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रभावित क्षेत्रका अधिकांश पीडितलाई सहयोग वितरण गर्न सफल भएको बताए । उनले भने,‘अझै पनि विभिन्न आश्रयस्थलमा रहेका परिवारलाई भोलि र पर्सिसम्म सहयोग वितरण गरिने छ।’
उनले, पुल तथा सडक पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा तिस हजार अमेरिकी डलर बराबरको रकम हस्तान्तरण गरिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























