देश/प्रदेश

काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने

०
Banner

काठमाडौं, असोज २७ –

काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सडक आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तिब्र पारेको छ ।

दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका सडक चिह्न निर्माणको काम रातिको समयमा भइरहेको हो । सडक डिभिजन काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारकाअनुसार सडक डिभिजन काठमाडौंअन्तर्गतका सडकमा राति ९ बजेदेखि बिहान ५–६ बजेसम्म रोड मार्किङको काम भइरहेको छ । कामका लागि राति ८ बजेदेखि नै आवश्यक तयारी शुरु गरिने गरिएको छ र हाल सिंहदरबार आसपासका क्षेत्रमा सडक चिह्न निर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार कालिमाटी क्षेत्रमा पनि जेब्रा क्रसिङ बनाउने काम जारी छ । साथै, करिब ६ किलोमिटर सडकमा एज लाइन बनाउने काम पनि हाल सम्पन्न भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>