देश/प्रदेश

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

०
Banner

काठमाडौं ,असोज २६-

हाल देशमा पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती कर्णाली र सूदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>