अर्थ
भोटेकाशी बाढीपीडितलाई ६३ लाख सहयोग
०

बनेपा (काभ्रे), असोज २५ –
भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।
पाँचखाल नगरपालिकाले रु ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले रु २० लाख दुई हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् ।
पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले रु १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट रु १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट रु १९ लाख ७१ हजार ९० सङ्कलन भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























