देश/प्रदेश
होसन्ना सेवाकाई नेपालद्वारा ८३७ जनालाई स्वास्थ्य, स्वच्छ खानेपानी तथा शैक्षिक सहयोग

चितवन, असोज २४-
होसन्ना सेवाकाई नेपालले समुदायको स्वास्थ्य सुधार, स्वच्छ खानेपानीमा पहुँच र बालबालिकाको शिक्षालाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न सेवामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ।
सेवामुलक कार्यक्रमबाट कुल ८३७ जना लाभग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। ३१७ जनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिकित्सकहरूको सहभागितामा सञ्चालित स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्राप्त गरेका छन् भने २७० जनाले सुरक्षित तथा स्वच्छ खानेपानीको पहुँच सुधार गर्न पानी फिल्टर प्राप्त गरेका छन् ।
त्यस्तै, २५० जना विद्यार्थीले शिक्षालाई निरन्तरता दिन विद्यालय झोला तथा शैक्षिक सामग्री प्राप्त गरेका छन् । यस अभियानलाई सफल बनाउन सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिकित्सकहरू, सहयोगी संस्था, दातृ निकाय तथा सम्पूर्ण सहयोगीहरूप्रति होसन्ना सेवाकाई नेपालले आभार व्यक्त गरेको छ ।































