देश/प्रदेश

पत्रकार सागर गिरीलाई ‘हरि गोपाल प्रधान पर्या–पर्यटन फोटो पत्रकारिता पुरस्कार’

०
Banner

काठमाडौं, असोज २४-

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) ले पत्रकार सागर गिरीलाई यस वर्षको ‘हरि गोपाल प्रधान पर्या–पर्यटन फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ।

संस्थाको २९औँ वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहका अवसरमा शनिबार काठमाडौंको हात्तीसारमा आयोजित कार्यक्रममा गिरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पत्रकार गिरी सहित संस्थाले पाँच विधामा पाँच जनालाई सम्मान गरेको छ। फोटो पत्रकारिताको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गर्दै साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको हो ।

पर्यावरण–पर्यटन विधामा गिरी सहित साहसिक विधामा अनुप प्रधान, मनोरञ्जन विधामा बद्री थापा, सांस्कृतिक विधामा प्रकाश गोपाली र खेलकुद विधामा पोखराका बसन्त शेर्पा सम्मानित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>