चितवन विशेष

चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

०
Banner

चितवन, कार्तिक १४-
लायन्स क्लब अफ चितवन न्यू भ्वाइसेसले चितवनका १० जना दृष्टिविहीन व्यक्तिलाई सेतो छडी वितरण गरेको छ।

क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीन व्यक्तिहरूको सहज आवागमन तथा दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले सेतो छडी वितरण कार्यक्रम आयोजना गरेको हो।
सेतो छडी वितरण कार्यक्रमले दृष्टिविहीन व्यक्तिहरूको आत्मनिर्भरता र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन्स क्लब अफ चितवनका डिष्ट्रिक गर्भनर प्रभाकर पण्डित सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा आँखा बैंककी कोअर्डिनेटर छायाँ श्रेष्ठ, सेक्रेटरी कृष्ण पाण्डे रहनुभएको थियो ।
क्लबकी अध्यक्ष मञ्जु न्यौपाने पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सीता पौडेल, कार्यक्रम संयोजक श्रीजनराज भण्डारी तथा लायन्स क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो।
क्लबले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यसअघि पनि विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>