देश/प्रदेश
सरकारलाई सशस्त्र प्रहरी बलको सुझावः बाढी–पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणमा ‘फ्लड लाइन’ भन्दा माथि बस्ती बसाउने गरी होस्
०

काठमाडौं, असोज २३ –
सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोवास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न जग्गा सट्टापट्टाको व्यवस्था गर्नुपर्ने र नदी करिडोरमा आधारित पूर्वाधारको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























