चितवन विशेष

कांग्रेस इतर पक्ष भरतपुर महानगरको सभापतिमा प्रमिश, उपसभापतिमा रेशल

०
Banner

चितवन, असोज २२–

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।
आज (बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ र सचिवमा सफल अधिकारी र राजन बख्रेल चयन भएको महानगर सभापति राइले जानकारी दिए । यस्तै महानगर समितिको अन्य पदाधिकार र सदस्यहरु पछि पूर्णता दिईने उपसभापति श्रेष्ठले जानकारी दिए ।

महानगर अधिवेशनको जिल्ला संयोजक मिलनबाबु श्रेष्ठले समुद्घाटन गरेका थिए । श्रेष्ठले पार्टी आधिकारिताको विषय अदालतमा विचाराधीन रहेको भन्दै अदालतले आफूहरुलाई नै मान्यता दिनेमा विश्वास रहेको बताए । उनले चितवनमा हालसम्म ८५ प्रतिशत बढी वठ.डा अधिवेशन सम्पन्न भइसकेको भन्दै अब केही दिनमै क्षेत्रीय अधिवेशन समेत गरिने जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेशकी पूर्व मन्त्री एवं सांसद बिनु रायमाझी पौडेल, बागमती प्रदेश सांसद माया श्रेष्ठ, संविधान सभा सदस्य विष्णुमाया परियार, जिल्ला सह–संयोजकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>