प्रवास

दक्षिण कोरियाद्वारा उत्तर कोरियालाई चेतावनीः सीमामा बारुदी सुरुङ बिछ्याएको भन्दै माफीको माग

०
Banner

काठमाडौं, असोज २० –

दक्षिण कोरियाली सेनाले सैन्य सीमा रेखाको दक्षिणतर्फ उत्तर कोरियाले गैरकानूनी रूपमा बारुदी सुरुङ (ल्यान्डमाइन्स) बिछ्याएको आरोप लगाएको छ ।

गत सेप्टेम्बर २१ मा सीमा क्षेत्रमा भएको विस्फोटमा आफ्ना सैनिकहरू घाइते भएपछि सियोलले प्योङयाङसँग घटनाको जिम्मेवारी लिँदै सार्वजनिक माफी माग्न माग गरेको छ । दक्षिण कोरियाली सेनाका जोइन्ट चिफ अफ स्टाफका उपाध्यक्ष क्वोन दा–वोनले सोमवार आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै सो आरोप लगाएका हुन् । सेप्टेम्बर २६ देखि २९ सम्म दक्षिण कोरियाली सेना र संयुक्त राष्ट्र संघ कमान्डद्वारा गरिएको संयुक्त स्थलगत अनुसन्धानले उक्त विस्फोटको कारक उत्तर कोरियाले बिछ्याएको प्लास्टिक निर्मित एन्टि–पर्सनल माइन्स भएको पुष्टि गरेको उनले बताए । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>