देश/प्रदेश
दूधमति नदीमा आज देखि महा आरतीका सुरुवात

जनकपुरधाम, असोज १९ –
धनुषाको दूधमति नदीमा आज देखि महा आरतीको सुरुवात गरिएको छ ।
धार्मिक तथा संस्कृति महत्व बोकको दूधमति नदीको संरक्षणसँगै धार्मिक पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले दूधमति नदिको उदगम स्थलको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दूधमति अर्जनमा घाटमा छाता ईनिसिएटिभ नाम संस्थाको अग्रसरतामा महाआरतीयको सुरुवात गरिएको छ ।
आज देखि महा आरती सुरुवात गरिएको अवसरमा हजारौको संख्यामा स्थानिय श्रद्धालुहरुको उपस्थिति रहेको थियो । महा आरतीमा स्थानिय श्रद्धालु साधु सन्त र धार्मिक अभियन्ताहरुको उपस्थिति रहेको महा आरतीको अगुवाई गरिरहेको स्थानिय अभियन्ता अमरेन्द्र यादवले जानकारी दिए । उनले दूधमतिमा महा आरती सुरु गर्नुको मुख्य उदेश्य धार्मिक अभियान संगै नदी संरक्षण मुख्य अभियान रहेको उनले बताए ।
त्रेता युगमा सीताको जनमको समयमा सीतालाई दूध खुवाउनको लागि धर्तीमा आएकी कामधेनु गाईको दुधबाट नदीको उत्पती भएको धार्मिक विश्वास रहेको छ ।
आरती कार्यक्रममा बोल्दै मधेस प्रदेशका सभामुख राम अशिष यादवले सबैको सहकार्यबाट मात्रै यो अभियान सफल हुने बताउदै सबैले आ आफनो ठाउबाट सहयोग पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले यस अभियानबाट नदी संरक्षणमा थप बल पुग्ने बताए ।























