चितवन विशेष

भेटेरिनरी विद्यार्थी एशोसिएसन एनपीआई र साईराम डेन्टल केयर बीच समझदारीपत्रमा हस्ताक्षर

०
Banner

चितवन, असोज १६–

नेपाल भेटेरिनरी विद्यार्थी एशोसिएसन–नेपाल पोलिटेक्निक इन्स्टिच्युट र नारायणगढस्थित साइराम डेन्टल केयर बीच विद्यार्थीहरूको दन्त स्वास्थ्य तथा मौखिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एशोसियसनका अध्यक्ष मनिष खनाल र साइराम डेन्टल केयरका तर्फबाट डा. अजय न्यौपानेले हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा एशोसियसनका उपाध्यक्ष दमन रोकाया, कोषाध्यक्ष दिवस बस्नेत तथा सदस्य अर्जुन पौडेलको उपस्थिति रहेको थियो।

समझदारीअनुसार एशोसियसनका पदाधिकारी तथा साधारण सदस्यलगायत योग्य सदस्यहरूले साइराम डेन्टल केयरबाट विशेष स्वास्थ्य सुविधा प्राप्त गर्नेछन्। सदस्यहरूले नियमित दन्त परामर्श तथा ओपीडी टिकटमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यस्तै, साइराम डेन्टल केयरद्वारा उपलब्ध गराइने छनोट गरिएका दन्त उपचार तथा प्रक्रियामा २० प्रतिशत छुट उपलब्ध गराइनेछ।

उक्त सुविधा प्राप्त गर्न सदस्यहरूले वैध एशोसियसनको परिचयपत्र वा दुवै पक्षबीच सहमत अन्य प्रमाण प्रस्तुत गर्नुपर्नेछ। छुट तथा सेवा साइराम डेन्टल केयरका व्यावसायिक मापदण्ड, उपचारसम्बन्धी प्रोटोकल तथा लागू सेवा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ।

समझदारीपत्रअन्तर्गत एशोसियसन र साइराम डेन्टल केयरले विद्यार्थी तथा सदस्यहरूमा मौखिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्वास्थ्य सचेतना कार्यक्रम, शैक्षिक गतिविधि, कार्यशाला तथा स्वास्थ्य अभियानहरू समेत सञ्चालन गर्न सक्नेछन्।
र्
एशोसियसन र साइराम डेन्टल केयरबीच भएको उक्त समझदारीपत्र एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण तथा आवश्यक संशोधन गर्न सकिने व्यवस्था गरिएको छ। विद्यार्थी तथा सदस्यहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै गरिएको यस सहकार्यले एशोसियसनका साधारण सदस्यसहित सम्पूर्ण योग्य सदस्यहरूलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवामा सहज पहुँच र सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>