चितवन विशेष

पूर्वी चितवनको कालिका नगरपालिकामा चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

०
Banner

चितवन, असोज १५ –

पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पाल्नुभएको १६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो ।

उहाँका अनुसार यही असोज १२ गते साँझ ती मौरीलाई चास्नी दिइएको थियो । एक बोरा चिनी चार भाँडोमा राखेर चास्नी दिइएको थियो । उहाँले भन्नुभयो, “पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ । १३ गते बिहान जाँदा मौरी मरेको देखँे ।” अहिले चिनी दिएका मौरी मर्ने, झोक्राउने गर्न थालेको उहाँले बताउनुभयो । सातामा एक दिन यतिबेला चास्नी दिने गरेकामा १२ गते दिइएको चास्नी समस्या देखिएको उहाँले बताउनुभयो । अघिल्लो दिन चास्नी दिइएकामा भोलिपल्ट मौरीमा सङ्क्रमण फैलिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय विषादीको जोखिम बढ्न थालेको उहाँले बताउनुभयो ।

विसं २०७२ देखि मौरीपालन गर्दै आउनुभएका पुनका घारमा २०७४ सालमा पनि यस्तै सङ्क्रमण देखिएर २० घार मौरी मरेका थिए । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइले मौरीलाई आहाराका रुपमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको बताउनुभयो ।

किराना व्यवसायीले बाहिरबाट सामान ल्याउँदा चिनीको बोरासँग बेगन, मुसा मार्ने औषधिजस्ता वस्तुसँगै ल्याइएको अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले घारमा सङ्क्रमण देखिने र मौरी बिस्तारै मर्दै जाने गरेको उहाँले बताउनुभयो ।

चास्नी खुवाउँदा मौरी मरेपछि परीक्षणका लागि व्यावसायिक किट विकास केन्द्रसँगको सहयोगमा नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । योबाहेक कृषि तथा वन विज्ञान विश्व विद्यालय रामुपरको सहयोगमा चीनमा हुन लागेको सम्मेलनमा यो नमुना पठाएर अध्ययन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा १९ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आएको छ । व्यावसायिक किसानले असारदेखि असोजसम्म चरन क्षेत्रको अभावका कारण चास्नी खुवाउने गर्दछन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>