देश/प्रदेश

घरअगाडि खेलिरहेका ६ वर्षीय बालकलाई ट्याक्टरले ठक्कर दिँदा मृत्यु

०
Banner

रौतहट, असोज १४ –

रौतहटको गढीमाई नगरपालिका–७ धरमपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।

घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरा रितिक यादवलाई धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले बुधबार बिहान ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर छाडेर चालक फरार भएका छन् । प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ । ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>