देश/प्रदेश

बीपी राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा आठ घाइते

०
Banner

सिन्धुली, असोज १४ — 

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ आउँदै गरेको बा १–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप बुधबार बिहान करिब ८ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई उपचारका लागि रातामाटास्थित प्रधान मेडिकल पठाइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन्।

जिप चालक बेथानचोक गाउँपालिका–३ का अन्दाजी २६ वर्षीय नारायण बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>