चितवन विशेष
नेपाली कांग्रेस चितवन क्षेत्र नं.१ को सभापतिमा प्रलाद सापकोटा निर्वाचित
०

चितवन, असोज १४–
नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं.१ को सभापतिमा प्रलाद सापकोटा निर्वाचित भएका छन् ।
मंगलबार रातिसम्म मतगणनामा सापकोटा ७०३ मतका साथ क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । सापकोटा यसअघि कांग्रेस रत्ननगर नगर सभापति थिए । उनी हाल रत्ननगर नगरपालिकाका मेयर समेत हुन् । सापकोटाका प्रतिस्पर्धी दिवाकर अर्यालले ४४३ मत प्राप्त गरे ।
यस्तै सचिवमा ५७८ मतका साथ विवेक पाण्डे निर्वाचित भए । उनका प्रतिस्पर्धी टिकाराम तिमिल्सिना ५२६ मत प्राप्त गरे । यस्तै खुल्ला सह–सचिवमा ४११ मतसहित गणेश थपलिया निर्वाचित भएका छन् । महिला सहसचिवमा भने गीता दाहाल ५६६ मतसहित निर्वाचित भइन् । उनको प्रतिस्पर्धी बासना तिमिल्सिना ५१० मत प्राप्त गरिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























