अन्तर्राष्ट्रिय

जापानको जनसंख्या ५ वर्षमा ३१ लाखले घट्यो

०
Banner

टोकियो, असोज १४ –

जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशतले घटेको छ। विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ। सन् २०२० को तुलनामा जनसंख्या करिब ३१ लाख ७० हजारले घटेको हो।

जापानमा सन् १९२० देखि प्रत्येक पाँच वर्षमा जनगणना हुँदै आएको छ। सन् २०१५ पछि लगातार तीनवटा जनगणनामा जनसंख्या घटेको देखिएको छ।

कुल जनसंख्यामध्ये करिब ५ करोड ९७ लाख ७० हजार पुरुष र ६ करोड ३२ लाख महिला छन्।

त्यस्तै, जापानमा ६५ वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या कुल जनसंख्याको २९.४ प्रतिशत पुगेको छ। यो अहिलेसम्मकै उच्च हो। वृद्ध जनसंख्या बढ्दै जाँदा जापानमा जनशक्ति र सामाजिक सुरक्षासम्बन्धी चुनौती पनि बढ्दै गएको छ।

जापानका ४७ प्रान्तमध्ये टोकियोमा मात्र जनसंख्या बढेको छ। सन् २०२० को तुलनामा टोकियोको जनसंख्या करिब १ लाख ८९ हजारले बढेको छ।
राससरसिन्ह्वा०

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>