देश/प्रदेश

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

०
Banner

काठमाडौँ, असोज १३ –

प्रहरीले चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँबाट धेरै परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भई चन्द्रागिरिमा बस्दै आएका मदन तामाङ र समीर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार मच्छेगाउँस्थित जस्ताको टहरोमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय कलङ्कीबाट खटिएको संयुक्त टोलीले उक्त स्थानबाट ६५० लिटर तयारी मदिरा र चार हजार लिटर मदिरा बनाउन प्रयोग गरिने झोल पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न भाँडाकुँडा र चुलोसमेत नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्थानीयवासी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङद्वयलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कलङ्की पठाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>