राजनीति

औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रश्ताव

०
Banner

काठमाडौं,कात्तिक १६ –

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राख्नुभएको छ ।

स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमवार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्याण्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनीहरू रहेकाले नेपालमा पनि त्यस्ता उद्योग स्थापना गर्न सहकार्यको प्रश्ताव राखेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>