Breaking News

एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

०
Banner

काठमाडौं,कात्तिक १६ –

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक हिर्काएका छन् ।

उनले कर्णाली याक्सविरूद्ध ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा पूरा गरेका हुन् । राशिद जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी समेत बनेका छन् ।

यसअघि जनकपुर बोल्ट्सका तृतराज दास अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका थिए । तृतले पोखरा एभेन्जर्सविरूद्धको खेलमा ५१ बलमा ५० रन पूरा गरे।

जारी प्रतियोगितामा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका थिए ।

उनले विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरेका हुन् । यस्तै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लोकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए । जारी एनपीएलमा लोकेश अर्धशतक हिर्काउने चौथो खेलाडी बने ।

प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ । अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए ।

यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ । ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए । जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>