देश/प्रदेश

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

०
Banner

रसुवा, असोज १३ –

याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित अतिजोखिमयुक्त स्थानमा उक्त निर्माण पूरा गरिएको हो ।

भोटेकोशी नदीको बाढीले सडक सञ्जाल विच्छेद भएपछि आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडाका बासिन्दाका लागि तुइन नै आवतजावत र अत्यावश्यक सामग्री ढुवानीको एकमात्र विकल्प बन्दै आएको थियो ।

तर, तुइनसम्म पुग्ने बाटो क्षतविक्षत भई दुर्घटनाको उच्च जोखिम बढेपछि सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्दै आएका थिए ।

बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाका अधिकांश युवा रोजगारीका क्रममा बाहिर रहेको र विस्थापित स्थानीय काठमाडौँस्थित होल्डिङ सेन्टरमा रहेकाले, सम्भावित दुर्घटना रोक्न छिमेकी आमाछोदिङ्मो गाउँपालिकाले अग्रसरता लिएको हो ।

विपद्को समयमा भ्रातृत्व र सहकार्यको सन्देश दिँदै आमाछोदिङ्मो–५ का वडाध्यक्ष दावागोम्बो तामाङ ९राम बहादुर०को नेतृत्वमा श्रमदान अभियान सञ्चालन गरिएको थियो ।

बाटो निर्माणमा आमाछोदिङ्मो गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले संयुक्त रूपमा श्रमदान गरेका थिए ।

नयाँ बाटो बनेपछि तुइनसम्मको पहुँच सहज हुनुका साथै खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा ठूलो राहत मिलेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

बाटो निर्माण भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गर्दै सहयोग पुर्याउने जनप्रतिनिधि, सुरक्षाकर्मी र युवाहरूप्रति आभार व्यक्त गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>