चितवन विशेष

रोटरी क्लब अफ नारायणगढको आयोजनामा रक्तदान

०
Banner

चितवन, कार्तिक १६-

रगत दान गर्नुहोस् जीवन बचाउनुहोस् भन्ने नाराको साथमा रोटरी क्लब अफ नारायणगढले आइतबार रक्तदान कार्यक्रम गरेको छ । रोटरी क्लव अफ नारायणगढ, रोटस्याक्ट क्लव अफ नारायणगढ, स्पाउज क्लव अफ आरसी नारायणगढ, ईन्टस्याक्ट क्लव अफ बाल्मिकी र ईन्टस्याक्ट क्लव अफ नारायणगढको संयुक्त आयोजनामा तथा राईनो फिटनेस हव प्रालि क्षेत्रपुरको सहकार्यमा भएको कार्यक्रममा १३ महिला सहित ४० जनाले रक्तदान गरेका थिए ।

क्षेत्रपुरको राईनो फिटनेस हव परिसरमा भएको कार्यक्रममा रोटरियन एवं स्पाउजको सहभागिता रहेको थियो । रगतको आवश्यकता बढेको कारण रक्तदान कार्यक्रम गरिएको रोटरी क्लव अफ नारायणगढ़का अध्यक्ष राम प्रसाद गजुरेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>