राजनीति

जलवायु वित्त परिचालन र कोप–३१ को तयारीबारे कृषि तथा अर्थमन्त्रीबीच छलफल

०
Banner

काठमाडौं, कात्तिक १६ –

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीलगायत विषयमा छलफल भएको छ।

नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्ने, जलवायु अनुकूलन तथा हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा दुवै मन्त्रीबीच छलफल भएको छ ।

भेटमा जलवायु वित्त परिचालनका लागि मन्त्रालयहरूबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>