चितवन विशेष

चितवनको देवघाटमा बाघ संरक्षण केन्द्र स्थापना गरिने, अमेरिकी संस्थासंग सम्झौता

०
Banner

चितवन, असोज १२–

मानव–बाघ द्वन्द्व समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित द वाइल्ड एनिमल सेन्चुरीबीच आज अमेरिकामा सम्झौता भएको छ । सम्झौतामा कोषका सदस्य सचिव डा चिरञ्जीवीप्रसाद पोखरेल र द वाइल्ड एनिमल सेन्चुरीका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर समारोहमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकाल पनि उपस्थित हुनुहुन्थ्यो ।

सम्झौताअनुसार चितवनस्थित देवघाटमा बाघ संरक्षण केन्द्र स्थापना गरिनेछ । केन्द्रमा मानव–बाघ द्वन्द्वमा परेका तथा जङ्गलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघका लागि सुरक्षित आश्रय र आवश्यक संरक्षणको व्यवस्था गरिनेछ ।
प्रस्तावित केन्द्रले द्वन्द्वबाट प्रभावित बाघको हेरचाह, संरक्षण तथा व्यवस्थापनमा काम गर्नेछ । यसबाट पशु कल्याण तथा स्थानीय समुदायको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोषका अनुसार यस सहकार्यले बाघ संरक्षणलाई थप प्रभावकारी बनाउनुका साथै वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तुबीचको सहअस्तित्व प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>