देश/प्रदेश
विश्व पर्यटन दिवसमा साइकल -याली
०

ललितपुर,असोज १० –
बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल – याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले – यालीको उद्घाटन गर्नुभयो ।
पाटन दरबार क्षेत्रबाट सुरु भएको – याली पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ ।
-यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























