देश/प्रदेश

बाँकेमा हुरीले धानबालीमा क्षति

०
Banner

राँझा (बाँके),असोज ११ –

लगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ ।

नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>