देश/प्रदेश

आज राति वर्षासगैँ ठूलो हावा चल्ने सम्भावना

०
Banner

काठमाडौं, असोज १० –

वर्षासँगै ठूलो हावाहुरी चल्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार अपराह्न ३ बजे सूचना जारी गरी हावाहुरी चल्न थालेको जनाएको छ।

हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अहिले ठूलो हावा चलिरहेको छ। भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज रातिसमेत ती प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ।

भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको छ।

ठूलो हावा चल्ने समयमा खुला स्थानमा नबस्न, कमजोर संरचना तथा रुखनजिक नजान र आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>