देश/प्रदेश
बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु
०

बागलुङ, असोज १० –
बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ । गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले बताउनुभयो । अहिले स्थानीयको सहायतामा पहिरोबाट शव निकाल्ने काम भइरहेको उहाँको भनाइ छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























