देश/प्रदेश
लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ, असोज १० –
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण व्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसहित उनीहरूलाई शुक्रबार र आज पक्राउ गरेको हो ।
चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय बिक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ र राक्सीराङ गाउँपालिका–३ का ३३ वर्षीय ललितबहादुर स्याङ्ताङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका–११ का ३२ वर्षीय रत्न तामाङलाई पक्राउ गरिएको व्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो ।
अभियुक्तहरूबाट बाट नगद रु पाँच लाख ६० हजार ४००, मोटरसाइकल एक थान र छ थान मोबाइल पनि बरामद भएको छ । रासस























