नवलपुर

कांग्रेस गैंडाकोट नगर सभापतिमा खेमराज सापकोटा सर्वसम्मत

०
Banner

गैडाकोट,असोज ९-

नेपाली कांग्रेस गैंडाकोट नगर सभापतिमा खेमराज सापकोटा सर्वसम्मत चयन भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर समितिको अधिवेशनबाट सापकोटा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट गोविन्दप्रसाद घिमिरे र तुलसी गैरे सुवेदी उपसभापति, हर्कबहादुर घर्ती सचिव तथा रत्नबहादुर बोहोरा सहसचिवमा सर्वसम्मत चयन भएका छन् । ३५ वर्षमुनिको युवा समूहबाट आशिका कोइराला, दिपेश नेपाली र विकल सापकोटा चयन भए भने दलित महिलातर्फ निर्मला रामदाम र दलित खुलातर्फ भद्रबहादुर दमाई निर्वाचित भएका छन् ।

नगर कार्यसमितिमा गैंडाकोट नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको छ । वडा नं. १ बाट देवीकला सापकोटा कँडेल र शेखरनाथ पोखरेल, वडा नं. २ बाट पार्वतीदेवी शर्मा गौडेल र गोपालप्रसाद अधिकारी, वडा नं.३ बाट टेकप्रसाद रिमाल तथा वडा नं.४ बाट मञ्जुदेवी शर्मा र दीपक रिमाल चयन भएका छन् ।

त्यस्तैगरी, वडा नं. ५ बाट वी. कँडेल सापकोटा र राजेन्द्र अधिकारी, वडा नं.६ बाट मायादेवी ठकुरी र मोतीप्रसाद अधिकारी, वडा नं. ७ बाट देवीकला सापकोटा कँडेल र उमनाथ शर्मा तथा वडा नं.८ बाट विष्णुकुमारी मल्ल रिमाल र द्रोणराज सापकोटा निर्वाचीत भएका छन् । त्यस्तै, वडा नं. ९ बाट गमता भट्टराई पाण्डे र नन्दलाल कँडेल, वडा नं.१० बाट अन्जु श्रेष्ठ र रामचन्द्र काफ्ले, वडा नं. ११ बाट भोजबहादुर महतो तथा वडा नं. १२ बाट अमृता पौडेल र सुरेन्द्र ढुंगाना, वडा नं.१३ बाट लोकमाया खत्री र गोकुलप्रसाद पौडेल, वडा नं. १४ बाट जुक्तकुमारी पौडेल र भीमप्रसाद रेग्मी, वडा नं. १५ बाट सरस्वती तिमिल्सिना र विजय खराल तथा वडा नं. १७ बाट तुलकुमारी थापा र अम्बिका भट्टराई निर्वाचित भएका छन् ।

वडा नं.१८ बाट टंकमाया सोती र लालसिं सारु सदस्यमा चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>