देश/प्रदेश
भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु
०

ओखलढुङ्गा, भदौ ३१ –
मानेभञ्ज्याङ गाउँपालिका–९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी र सोही स्थानका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमा मृत्यु भएको हो ।
ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका–८ का २५ वर्षीय मिलन राई, सोही स्थानका २९ वर्षीय तुलसी थापामगर र २८ वर्षीय भीमबहादुर सार्की भने सकुशल छन् । चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























