देश/प्रदेश
नेपालमा ‘बिग बटरफ्लाई काउन्ट’ सुरु (तस्बिरहरू)

काठमाडौं ,भदौ २८-
नेपालमा ‘बिग बटरफ्लाई काउन्ट’ अर्थात् बृहत् पुतली गणना अभियान सुरु भएको छ। पुतलीको प्रजाति, संख्या र फैलावटको अवस्थाबारे तथ्याङ्क संकलन गर्ने उद्देश्यले सुरु गरिएको गणना अभियान सेप्टेम्बर महिनाभर सञ्चालन हुनेछ।
पुतली तथा जैविक विविधताको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने अभियानमा पुतलीप्रेमी, प्रकृतिप्रेमी, अनुसन्धानकर्ता तथा स्वयंसेवकको सहभागिता रहनेछ। सहभागीहरूले विभिन्न स्थानमा देखिएका पुतलीको प्रजाति पहिचान गरी त्यसको अभिलेख राख्नेछन्।
नेपालमा हालसम्म करिब ७०० प्रजातिका पुतली अभिलेख गरिएको बताइएको छ। हिमाली क्षेत्रदेखि तराईसम्मको भौगोलिक विविधताका कारण नेपाल पुतलीका लागि महत्वपूर्ण बासस्थान मानिन्छ।
सेप्टेम्बरभर गरिने गणनाबाट विभिन्न क्षेत्रमा पाइने पुतलीको अवस्था, प्रजातिगत विविधता तथा तिनको फैलावटसम्बन्धी थप तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ। संकलित तथ्याङ्कले पुतली तथा तिनको बासस्थान संरक्षणका लागि आवश्यक योजना बनाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ। तस्बिर : सुशील श्रेष्ठरनेपाल फोटो सर्भिस

































