देश/प्रदेश
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
०

सिन्धुपाल्चोक,भदौ २८-
रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ ।
चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो ।
शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाले सहयोग गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























