देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही

Banner

काठमाडौं,भदौ २८-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ११ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने १११, सिसिटिभिमार्फत ८५, रातोबत्तीमा १०१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा ३६, लेन क्रसमा ३०, अवस्था ठिक नभएको २६, एकतर्फीमा ६ र अन्यमा ४६६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>