अटो
चितवनमा चाङ्गान नेभो Q05 आइतबार सार्वजनिक हुँदै

चितवन, भदौ २५–
एमएडब्ल्यू वृद्धि अटोकोर्प प्रा.लि.अन्तर्गत चितवन क्षेत्रका लागि चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रा.लि.ले आगामी साता चितवनमा नयाँ नेभो Q05 सार्वजनिक गर्ने तयारी गरेको छ।
चाङ्गानको नयाँ ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको नेभो ले नेपालमा इलेक्ट्रिक एसयूभी अनुभवलाई अझ नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। नेपालमा चाङ्गानको प्रिमियम, स्टाइलिश तथा प्रविधिमैत्री इलेक्ट्रिक मोबिलिटीको प्रतिनिधित्व गर्दै आएको दीपलसँगै NEVO Q05 ले नेपाली ग्राहकका लागि कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘A Class Above’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
नयाँ NEVO Q05 ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको २,७३५ मिमि ह्वीलबेसले यात्रुहरूका लागि पर्याप्त स्पेस उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो विशेषगरी पछाडिका यात्रुहरूका लागिमहत्वपूर्ण छ । पछाडिका सिटहरूलाई आवश्यकता अनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुन्छ भने ५४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्ने कम्पनीले जनाएको छ ।
NEVO Q05 को अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन हो। यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चाङ्गानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको हो। यस डिजाइन टोलीको नेतृत्व चाङ्गानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट तथा पूर्व Volkswagen Group डिजाइन प्रमुख क्लाउस जाइकोराले गरेका छन्।
नयाँ Q05 मा सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो तथा आत्मविश्वासी रोड प्रेजेन्स देख्न सकिन्छ। यसको डिजाइनले अन्तर्राष्ट्रिय स्तरमा समेत Golden A’ Design Award प्राप्त गरिसकेको छ।
NEVO Q05 मा ५१.९ kWh CATL Lithium-Iron-Phosphate (LFP) ब्याट्री जडान गरिएको छ, जसलाई चाङ्गानको Golden Shield 2.0 ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ। यसले 3C फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ kW DC चार्जिङ क्षमता प्रदान गर्न सक्छ। NEVO Q05 ले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको छ। चाङ्गान नेभोका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म NEVO Q05 को कुल बिक्री १,२५,००० युनिटभन्दा बढी पुगेको छ। साथै, यसले चीनमा लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रणी स्थान हासिल गरेको छ।
राजहंस अटोमोबाइल प्रा.लि. सन् २०८१ मा अध्यक्ष दिलीप थनेतको नेतृत्वमा स्थापना भएको हो। भरतपुर–१०, चितवनमा अवस्थित कम्पनीले अत्याधुनिक शोरुम तथा एकीकृत सर्भिस सेन्टरमार्फत ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
NEVO Q05 को विशेष मूल्य रु. ५१.९९ लाख निर्धारण गरिएको छ। NEVO Q05 मा CATL Golden Shield 2.0 ब्याट्री रहेको छ, जसले ३०५ देखि ८०५ सम्म चार्ज हुन केवल १५ मिनेट समय लिन्छ। अन्तर्राष्ट्रिय स्तरमा अवार्ड प्राप्त यसको डिजाइनले चीनमा आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि नम्बर १ एसयूभीको स्थान कायम गरेको छ। १२० किलोवाटको इलेक्ट्रिक मोटरबाट सञ्चालित NEVO Q05 ले NEDC परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२।९ पध्ज मात्र रहेको छ।
MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा Changan Automobile तथा यसका सब (ब्रान्डहरू Deepal, NEVO र AVATR आधिकारिक डिलर हो। कम्पनीले नेपाली बजारमा अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा नेक्स्ट–जेनेरेशन मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।


























